- हाम्रो बारेमा
- हाम्रो परिचय

पशु अस्पताल तथा पशु सेवा कार्यालय ,डोल्पा
कृर्षि तथा पशु पन्छी मत्स्य विकास तथा पशु पालनमा आत्मनिर्भर गराइ सेवा प्रभावमा सहजता ल्याउने उदेश्यले तत्कालीन सरकारको उदेश्य अनुरुप विक्रम सम्वत २०३९ सालमा स्थापना भइ स्वीकृत निति नियम निर्देशन अनुसार अनवरतरुपमा जनताको सेवा प्रभावमा पशु विकास पशु स्वास्थ्य र पशुपन्छी पालन कृषकहरुको टेवा पुरयाउदै आएको छ ।
यस कार्यालयको स्थापना काल देखि पशु चिकित्सालय पशु अस्पताल जिल्ला पशु सेवा कार्यालय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सघिय सरकार सचालन समयावधि सम्म पशु सेवा कार्यालय को रुपमा परिचित कार्यालय हाल प्रदेश स्तरिय पशु अस्पताल तथा पशु सेवा कार्यालयको रुपमा सेवा पुरयाउदै आएको छ ।
उद्देश्य
पशुपालन व्यवसायलाइ विविधिकारण , व्यवसायिकरण, आयमूलक तथा सम्मानित पेशाको रुपमा स्थापित गराउने र प्रादेशिक एवं राष्ट्रिय उत्पादनमा योगदान पुर्याउने यसको मुख्य उद्देश्य छ भने अन्य उद्देश्यहरु निम्नानुसार रहेका छन् |
- पशुपन्छी तथा पशुजन्य पदार्थको उत्पादन तथा उत्पाडकत्वमा वृद्धिगर्ने |
- परम्परागत एवं निर्वाहमुखी पशुपन्छीपालनलाई व्यवसायीकरण गर्दै कर्णाली प्रदेशलाई पशुपन्छीजन्य पदार्थ (दुध , दुग्ध पदार्थ , मासु , अण्डा) उत्पादन र उपभोगमा आत्मनिर्भर वनाई कुपोषण हटाउने तथा खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने तथा पशुपन्छीजन्य पदार्थ निर्यतउन्मुख गराउने |
- पशुपन्छी उत्पादक कृषक, समुदाय, सहकारी संस्था एवं उद्धमीहरुलाई प्राबिधिक सेवा, उन्नत नश्ल, दाना र आहारा, पशु स्वास्थ्य सेवा, सुलभ ऋण र पशु बिमा जस्ता सेवा उपलब्ध गराउने र व्यावसायिकपशुपन्छीपालन, श्रोत विकास तथा बजार व्यवस्थापन आदि कार्यमा निजी क्षेत्रसंग सकृय सहकार्य गर्ने|
- पशुपन्छी उत्पादन, पशुपन्छीजन्य उद्द्योग स्थापना र पशुपन्छीजन्य व्यापारलाई प्रोत्साहन दिई रोजगारीका थप अवसरहरु सिर्जना गर्न|
- पशुपन्छीजन्य उद्द्योग व्यवसायसंग सम्बन्धित सामाग्रीहरुको गुणस्तर निर्धारण, सुधार तथा नियमन गर्ने|
- आर्थिक तथा जनस्वास्थ्यको दृष्टिकोणले महत्वपूर्ण पशुपन्छी रोगहरुको रोकथाम, नियन्त्रण तथा उन्मूलन गरि स्वच्छ पशुजन्य उत्पादन अभिवृद्धि गर्ने|
- लोपोन्मुख प्रजाति र नश्लका पशुपन्छीहरुको पहिचान, संरक्षण, संवर्द्धन र विकास गर्दै लैजाने|
- पशुपन्छी बिकासको क्षेत्रलाई नविनतम खोजमा आधारित, प्रबिधियुक्त, बिशिष्टीकृत, परिणाममूखी र प्रतिस्पर्धी बनाउदै लैजाने|
- पशुपालनको माध्ययम्बाट अर्गानिक फर्मिंगमा जोड दिदै जाने|